Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

झापा, १८ पुस २०८० । झापाको बिर्तामोड १० मा गएराति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । बिर्तामोड-१० बस्ने शङ्कर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे ११ प ५९७५ नम्बरको पल्सर र उनकी श्रीमती नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने निशा लिम्बूको मे ११ प ५३२१ नम्बरको स्प्लेन्डर हराएको हो ।

घरमा राखिएको दुईवटै मोटरसाइकल चोरी भएकोमा मे ११ प ५९७५ नं को पल्सर घरदेखि करिब ७ सय मिटर पर झाडीमा आज बिहान भेटिएको छिमेकी चन्द्र राईले बताए ।

उता गएराति हल्दिबारी-१ गोलधापमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । राति ८ बजेको समयमा मे ३ प ९१४९ नम्बरको सीबीजेड रातो कालो रङ्गको मोटरसाइकल फेला परेको प्रहरी चौकी गोलधापले जनाएको छ ।

तपाईको प्रतिक्रिया