झापा, १४ पुस २०८० । झापामा प्रतिबन्धित लागुऔषध र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ का २९ वर्षीय मनिस मोक्तान र सोही ठाउँका ३७ वर्षीय रीगबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
शुक्रबार १०ः४५ बजेको समयमा मेचिनगर नगरपालिका वडा नं.१३ चारआली चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे.५प.३६४८ नं.को मोटरसाईकल चालक मोक्तान मोक्तान र सोही मोटरसाईकल पछाडी सवार दर्जिलाई शंका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट १०० ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
मोटरसाइकल सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रवक्ता रिजालले बताउनुभयो ।