Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

नवलपुर, ९ पुस २०८० । जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो।

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया