Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, ६ पुस २०८० । झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घरमा क्षति गरेको छ । शुक्रबार राती १२ः३० बजेको समयमा आएको जंगली हात्तीले मेचीनगर नगरपालिका-३ स्थित बडारखाल टोलका धनमाया तामाङको १ तले पक्की घरको सटर र झ्यालको सिसा भत्काएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

हात्तीले सटर र झ्यालको सिसा भत्काउँदा १० हजार मुल्य बराबरको क्षति भएको जनाइएको छ । अस्थायी प्रहरी पोस्ट भृकुटीका प्रहरी वरिष्ठ हवल्दार बाबुराम चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेका थिए । मानविय चौपायाको क्षति भने नभएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया