Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, २९ मंसिर २०८० । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध सहित १ महिला र २ पुरुष गरि ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-१ बस्ने अटो चालक ३५ वर्षिय प्रकाश श्रेष्ठ र सोही ठाउँ बस्ने अटोमा सवार २३ वर्षिय अर्जुन लिम्बु र लिम्बु कि श्रीमती २७ वर्षिय मनिसा लिम्बू रहेका छन् ।

बिहिबार साँझ ६ बजको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ७ हनुमान मन्दिर स्थित पशुहाटबाट बेलडागी जादैं गरेको को १ ह ९७४५ नं..को अटोलाई चेकजाँच गर्दा अटोको डिकिमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ५१ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । अटो सहित ३ जनालाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया