Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

झापा, २८ मंसिर २०८० । झापाको गौरीगंजमा जम्मा गरी राखिएको एक बिगाह धानमा अचानक आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । गौरीगञ्ज गाउँपालिका-४ चन्द्रवंशी टोलका जगदिश मेहताको एक विगाह खेतमा बुधवार साँझ ६ः४५ बजेको समयमा अचानक आगलागी हुँदा धान जलेर नष्ट भएको हो ।

आगलागीबाट ६० प्रतिशत पराल सहितको धान जलेर करिब १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । स्थानीयबासीले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः३० बजे आगो पूर्ण रुपमा निभाएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया