झापा, २६ मंसिर २०८० । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलबार दिउँसो झापाको दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक पुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्रीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिने बित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालोझन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गर्न खोजेको तर उनीहरु फरार भएको जनाइएको छ ।कान्तिपुरबाट






