Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

जनकपुरधाम, २३ मंसिर २०८० । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया