Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौं, २३ मंसिर २०८० । वडा सदस्यसहित चार जनालाई ठगी आरोपमा कास्की प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया