Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौं, २२ मंसिर २०८० । एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको हारेको छ । शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हारेको हो ।

नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा अजनान अवाईसले ५६ रन बनाए । यस्तै, कप्तान साद बाइगले ५६ बलमा पाँच चौकासहित ५० रन थपे । २३–२ को अवस्थाबाट यी दुईले तेस्रो विकेटलाई १०८ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए ।

 

तपाईको प्रतिक्रिया