Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बाजुरा, २१ मंसिर २०८० । बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उहाँको मृत्यु भएको हो ।

गाउँको बडाला नजिकै देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको बूढीनन्दा नगरपालिका–३ का अध्यक्ष जङ्बीर रोकायाले बताउनुभयो ।

विष्टको घटनाबारे औपचारिक रूपमा प्रहरीलाई जानकारी नआएको कोल्टी इलाका प्रहरी कार्यालय बुढीनन्दा कोल्टीका प्रहरी सहायक निरीक्षक अशोक पालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया