Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १५ मंसिर २०८० । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

मृतक बन सोही ठाउँको रणकालि सामुदायिक वनमा चौकिदारको रुपमा काम गर्ने गरेको जनाइएको छ । शुक्रबार बिहान अन्दाजी ९ बजेको समयमा सामुदायिक वनमा रेखदेखको लागि गएको बेला एउटा जंगली हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रवक्ता रिजालले बताउनुभयो । मृतक बनको शव बिहान १० बजेर ५० मिनेटमा स्थानीयले देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गर्न साथ जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया