Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १४ मंसिर २०८० । झापामा मोटरसाइकलको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । बिहिबार साँझ ६ः५० बजेको समयमा शिवसताक्षी नगरपालिका-१० पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ हिँड्दै गरेको पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा पहिचान नखुलेको मानिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पैदल यात्रीलाई तत्काल उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पठाइएकोमा उनको सोही अस्पतालमा उपचारको क्रममा ७ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक कमल गाउँपालिका( १ का अन्दाजी २० वर्षीय सागर तामाङको हातमा चोट लागेकोले उनलाई स्थानीय शिवम मेडिकलमा उपचार गराई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया