Online Bichar
मंगलबार, कार्तिक २५, २०८३ | Tuesday, November 10, 2026

झापा, ८ मंसिर २०८० । झापाको हल्दिबारी गाउँपालिका-१ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । हल्दिबारी गाउँपालिका-१ का वडा अध्यक्ष देवी बहादुर थापाका अनुसार साबिक गोलधाप ६ र ८ को सिमानामा पर्ने किरात चोकमा भएको आगलागीबाट रोशन सावा लिम्बु र फुलमाया तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आज दिउसोको २ः३० बजे लागेको आगलागीबाट सावा र तामाङको घर, खाद्यान्न र लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट भएको छ । दुवै परिवारको लगभग ४ लाख मुल्य बराबरको क्षति भएको जनाइएको छ ।

आगो भद्रपुर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइयो । आगलागीबाट पीडित सावा र तामाङका परिवारलाई वडा नम्बर १ कार्यालय र गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा उपलब्ध गराइएको छ भने दुवै जनालाई तत्कालको लागि छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए ।

 

तपाईको प्रतिक्रिया