Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, ८ मंसिर २०८० । झापाको गौरादह नगरपालिका-२ का मुक्ति प्रसाद मिश्रको गोठ घरमा आगलागी हुँदा एउटा बाछिको जलेर मृत्यु भएको छ । आगोमा परी एउटा गाई जलेर घाइते भएको छ ।

मिश्रको इट्टाको वाल र टिनको छानो भएको गोठ घरमा शुक्रबार ६ः५० बजेको समयमा खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो । आगलागीबाट मानविय क्षति नभएपनि गोठको काठपात जलेर नष्ट हुँदा १ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । आगो स्थानीय बासिन्दा, गौरादह र कमलको दमकल र ईलाका प्रहरी कार्यालय गौरादहको सहयोगमा नियन्त्रणमा लिन सकिएको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया