काठमाडौं, ६ मंसिर २०८० । शेयर बजारमा आज २० अंकको वृद्धि आएको छ । सबै उपसूचक हरियो बनेको बुधबारको बजारमा कारोबार पनि १ अर्ब माथि भएको छ । होटल तथा पर्यटन समूह साढे ३ प्रतिशतले बढ्दा अरु अधिकांश उपसमूह एक प्रतिशत भन्दा बढीले उकालो लागेका छन् ।
बुद्धभूमि नेपाल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो मौलुङ्ग खोला जलविद्युत कम्पनीका लगानीकर्ताले बुधबार १० प्रतिशत बराबर कमाएका छन् । बुधबार २ सय ९४ वटा कम्पनीको ४२ लाख कित्ता शेयर १ अर्ब ८ करोड बराबरमा किनबेच भएको छ ।
बुधबार १ सय ९५ कम्पनीको शेयर मूल्य बढ्दा ४० वटा कम्पनीको मूल्य भने घटेको छ ।