Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

गौरादह, १ मंसिर २०८० । झापाको गौरादहबाट जुवा खेलीरहेको अवस्थामा १५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका-३ का युवराज खड्काको घरमा जुवाजन्य खेल खेलीरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहको संयुक्त प्रहरीको टोलीले जुवा खेलीरहेको अवस्थामा शुक्रबार(आज)३ बजे १५ जना मानिस लाई पक्राउ गरेको हो । पक्राउ परेका १५ जनाको नाम भने खुलाइएको छैन ।

जुवा खेलीरहेको अवस्थामा जुवाको खालबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान, ३ तास बुक सहित उनिहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय गौरादहमा ल्याई राखिएकोमा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया