Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २४ असोज २०८० । चाडपर्वलाई लक्षित गर्दै झापामा प्रहरीले ‘डग स्निफिङ’ कार्य शुरु गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बुधबारबाट दैनिक रुपमा काँकडभिट्टामा ‘डग स्निफिङ’ कार्य शुरु गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बुधबार बिहान ९ः३० बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित नेपाल भारत सीमा नाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहित ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले कार्य सुरु गरेको प्रवक्ता रिजालले बताउनुभयो । कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने भएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया