स्याङ्जा, २३ असोज २०८० । स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ ।
वालिङ नगरपालिको नगरभित्रका आधारभुत तहतर्फ ८ वटा र माध्यामिक तहतर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको हो ।
पहिलो चरणमा आधारभुत तह कक्षा १ देखि ८ सम्म संञ्चालित सबै विद्यालय र माध्यामिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने भएको छ ।
खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।