Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, २० असोज २०८० । नेपालको पश्चिम भूभागबाट मनसुन बाहिरिएको छ। मनसुन बाहिरिएसँगै कर्णाली र सुदूरपश्चिम भूभागमा मौसम सफा हुन थालेको छ।पूर्वबाट बाहिरन भने अझै दुई–चार दिन जति लाग्ने अवस्था देखिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

पूर्वका केही क्षेत्र र काठमाडौँमा हल्का बदलीदेखि र वर्षाको सम्भावना अझै केही दिन कायमै रहने मौसमविद् उनले बताए। तर ठुलो वर्षाको भने सम्भावना नरहेको उनको भनाइ छ।

पूर्वी भूभागबाट भित्रिने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ मा मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिने पनि यो पटक ढिलो गरी आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।

 

तपाईको प्रतिक्रिया