Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० असोज २०८० । लगातार सात दिन १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी ९बलात्कार० गरेको आरोपमा झापा बाह्रदशीका एक युवक पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका–२ का अजय शर्मा खत्वे पक्राउ परेका हुन् ।

किशोरी बलात्कारको आरोपमा बिहीबार दिउँसो शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्माले असोज १० देखि १७ सम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ती किशोरीलाई बलात्कार गरेको उजुरी परेको थियो ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाले शर्मालाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया