Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, १८ असोज २०८० । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा बिहीबार विश्व शिक्षक दिवस मनाइँदैछ। यो वर्ष दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छ । शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ तय भएको छ।

नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो।

 

तपाईको प्रतिक्रिया