Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

इलाम, १७ असोज २०८० । जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । उक्त सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो ।

गएको ०७९ माघ १५ गते बाट नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल आएपछि इलामका नागरिकले बिना झन्झट सहज रुपमा सेवा पाउने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया