Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

झापा, १२ असोज २०८० । झापाको दमकमा साथी-साथीबीच भएको ग्याङ फाइटमा एकजनाको मृत्यु भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट चुलाचुली गाउँपालिका-३ का ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक७ हाटखोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो । दमक१ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक-७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रवक्ता रिजालले बताउनुभयो।

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाइएको छ।टाइम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया