Online Bichar
शुक्रबार, आषाढ ०१, २०८१ | Friday, June 14, 2024

काठमाडौं, ७ भदौ २०८० । भोजपुरमा ३४ वर्षअघि हत्या गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

सुनसरीमा लुकेर बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको प्रहरीले आइतबार पत्रकार सम्मलेनमार्फत जानकारी गराएको हो । फरार राईले स्थानीय बद्रीकुमारको खुकुरी प्रयोग गरी हात छिनालेका थिए । गम्भीर घाइते बद्रीकुमारको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया