Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३ असोज २०८० । विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले चेतावनी दिएको छ । काठमाडौं महानगरले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गर्दै बन्द गरे कारबाहीको चेतावनी दिएको हो ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रीत आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह सहित यस्तो चेतावनी दिएको हो ।

विद्यालय बन्द गरेर विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई सचेत गराएको हो ।

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको जनाइएको छ ।

विद्यार्थीलाई अनिवार्य शिक्षा पाउनुपर्ने अधिकारबाट बञ्चित नगर्न सचेत गराइएको छ ।

 

तपाईको प्रतिक्रिया