Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

मोरङ, ३१ भदौ २०८० । मोरङमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–४ मोतिपुरकी ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन्। शनिबार आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलि घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाउनुका साथै थप अनुसन्धान गरिहेको उक्त कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया