Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

झापा, ३० भदौ २०८० । कोशी नाम खारेजीको आन्दोलन जारी राखेका पहिचानवादीहरूले बिर्तामोडमा युवा दस्ता घोषणा गरेका छन् । प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले एक कार्यक्रम गरी १५०१ जनाको युवा दस्ता घोषणा गरेको हो । जसको संयोजकमा सामी पालुङ्वा , सहसंयोजकमा सुमन सम्बाहाम्फे , सदस्य सचिवमा गौरीमान राई र सहसंयोजकमा कर्ण राजवंशी रहेका छन् ।

बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लट्ठीसहितको जर्सीधारी युवाहरूलाई बिर्तामोडमा मार्चपास गराइएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लट्ठी उचाल्दै उनीहरूले मार्चपास गरेका थिए ।

मार्चपासपछि बिर्तामोडको अदुवा पुलनजिक कोणसभा गरिएको थियो । सभामा विभिन्न जातीय संस्थाका अगुवाहरूले बोलेका थिए । यसअघि ठुलो सङ्ख्यामा तैनाथ प्रहरीले लट्ठीसहित मार्चपास गर्न नदिने बताएकोमा पछि लट्ठीसहित नै मार्चपास गर्न दिएको थियो । यसअघि भदौ २६ गते पहिचानवादीहरूले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।कोशी प्रदेशको चार वटा जिल्लामा पहिचानवादीहरूले युवा दस्ता गठन गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया