Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

सल्यान, ३० भदौ २०८० । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-२ धामिढुंगास्थित शुकबहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनीहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया