Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, ३० भदौ २०८० । राष्ट्रिय बाल दिवसको अवसरमा गौरादह जेसीजले बालबालिकालाई शैक्षिक सामग्री र खेलकुद पोशाक वितरण गरेको छ । बालबालिकामा लगानीःसुनिश्चित भविश्यको थालनी भन्ने मूल नारा सहित ५९औं राष्ट्रिय बाल दिवस मनाउने क्रममा शुक्रबार गौरादह नगरपालिका-१ मा रहेको लाल जनकल्याण आधारभुत विद्यालयका ४७ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दमकमा रहेको साना सहयोगी समूह नेपाललको सहयोगमा सम्पन्न गरिएको कार्यक्रममा लाल जनकल्याण आधारभुत विद्यालयका बालकक्षा देखि ५ कक्षा सम्म अध्ययनरत विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामग्री अन्तर्गत कपि, पेन्सिल, ईरेजर, साप्नर वितरण गरिएको थियो भने, खेलकुद पोशाकहरु र खाजा स्वरुप बिस्कुट वितरण गरिएको जनाइएको छ । सो अवसरमा गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, साना सहयोगी समूह नेपाल दमकका अध्यक्ष दुर्गाप्रसाद गड्तौला, गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी हरिचन्द्र अधिकारी, क्रान्तिदिप काफ्ले, वडा सदस्य लगायत बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो । जेसीज वर्ष २०२३ का महासचिव भानु आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया