Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

जेबि खड्का
गौरादह, २६ भदौ २०८० । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको सेवा केन्द्र संचालन भएको स्थानहरुमा ईकाइगत साधारणसभा सम्पन्न गरि प्रधान कार्यलय रहेको दमकमा साधारणसभा गरि सम्पन्न गरेको हो।राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश प्रसाद पोख्रेलले साधारणसभाको उद्घाटन गरेका थिए।

उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले सहकारी संस्थाहरुले सहकारीको मुल मर्म, विधि र पद्धतिलाई गंगिकार गरि अगाडि बढेमा संस्थाको अवस्था धरासयी नहुने धारणा राखेका थिए।बार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट बचत कार्ता ५ जना,संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु ३५ जनालाई पुरस्कृत गरिएको थियो।

संस्थामा सुपर आवधिक र उत्कृष्ट आवधिक बचत कर्ता, उत्कृष्ट १ बर्षे ३ बर्षे र ५ बर्षे बचत कर्ता, उत्कृष्ट लखपति, उत्कृष्ट दिर्घकालिन बचत कर्ता सहित ७ जनालाई पुरस्कृत गरिएको थियो।कर्मचारी तर्फ कमल गड्तौला स्कोरर अफ द इयर, सानी भट्टराई फष्ट रनर अप र झलक गौतम सेकेन्ड रनर अप बाट सम्मानित भएका थिए। संस्थाको कार्यलयमा रही उत्कृष्ट काम गर्ने कर्मचारी कृतिका दाहाल र गणेश भट्टराई का साथै हिरो अफ दि स्वर्णलक्ष्मीबाट सुशील गड्तौला सम्मानित भएका थिए। पत्रकार मन कुमार गदाल सहकारी संचार कर्मी पुरस्कारबाट सम्मानित भएका थिए। पुर्ब संचालकहरुका तर्फबाट जनार्दन ढकाल सम्मानित भएका थिए। सेयर सदस्यका छोरा छोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने श्रृषा लामिछाने , सबिन बस्नेत र अनिश खनाल सम्मान पत्र सहित नगद पुरस्कारबाट सम्मानित भएका थिए।

आर्थिक बर्ष २०७९/०८० मा १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय ६७ रुपैयाँको कुल कारोवार गरेको संस्थाले
गत आर्थिक बर्षमा २ करोड ५४ लाख ६२ हजार ६ सय कुल आम्दानी गरेकोमा कर कटाएर २ करोड ४२ लाख २९ हजार १ सय ८ खुद बचत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ।शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय रहेको संस्थामा ७ करोड ६ लाख ९४ हजार ३४ जगेडा कोषमा रहेको लेखा समिति संयोजक गायत्री प्रसाद पराजुलीले जानकारी गराएका छन।संस्थाको १४ औं बार्षिक साधारणसभाको सभापतित्व गरेका संस्थाका अध्यक्ष बुद्धि सागर बरालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै
संस्थाले सेयर सदस्यहरुका लागि बिप्रेशण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यबसायीक साकोस बिकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहात, दीर्घरोग राहात, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायतका सेवा प्रदान गरेको जानकारी गराएका थिए। प्रधान कार्यलय दमकमा रहेको संस्थाले नागरिकको सेवाका लागि हाल सम्म झिलझिले, गौरादह, उर्लाबारी , सुरुङगामा सेवा केन्द्र संचालन गरि सेवा दिइरहेको र पथरी र बिर्तामोडमा सेवा केन्द्र संचालनका लागि प्रस्ताव गरिएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराएकी छन।संस्थामा हाल सम्म झापा जिल्ला भित्र ३ हजार ४८ जना सेयर सदस्यहरु रहेका छन।

कार्यक्रममा जिल्ला सहकारी संघ मोरङ सचिब राकेश दाहाल, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख मुना के। शी। दमक नगरपालिका वडा नं.६ का वडाध्यक्ष टेक बहादुर थापा, डांफे सहकारी अध्यक्ष तुलाराम न्यौपाने,कन्चनजङगा सहकारी अध्यक्ष मणि कुमार भण्डारी, सूर्य दर्सन सहकारी अध्यक्ष टिकाराम सापकोटा,दमक उद्योग बाणिज्य संघ अध्यक्ष गोपाल गुरागाँइ, जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझा, थोक बिक्रेता बिसिष्टिकृत सहकारी संघका प्रेम सापकोटा र प्रदेश सहकारी संघ झापा लेखा सुपरिवेक्षण समिति संयोजक खोम बगालेले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सचिब संजिब रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया