Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा, २५ भदौ २०८० । झापाको कनकाईमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३ सुरुङ्गा् निवासी शिक्षक देवराज सुवेदी (डीआर) रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

मृतक सुवेदी प्यारापन एकाडेमीका प्रिन्सिपल तथा लायन्स क्लब अफ सुरुङ्गाका पूर्वअध्यक्ष हुन । पूर्व–पश्चिम राजमार्गमा अन्तरगत कनकाई नगरपालिका-८ स्थित शीतल चोकमा सोमबार साँझ साढे ७ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सुवेदीलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुवै सवारीसाधन र बोलेरो चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्चुरीलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको डीएसपी रिजालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया