Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बैतडी, २४ भदौ २०८० । अविरल वर्षापछि आएको पहिरोका कारण महाकाली राजमार्ग बन्द भएको छ ।

वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार दिउँसो सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

राजमार्गमा खसेको पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

 

तपाईको प्रतिक्रिया