Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

झापा, १५ साउन २०८० । बहुबिवाह मुद्दाका फरार १ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा साबिक पृथ्वीनगर गा.वि.स-४ हाल भद्रपुर नगरपालिका वडा नं.२ कि संगिता जोगी प्रधानलाई पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको २०७१ पुष ७ गतेको फैसला अनुसार बहुबिवाह मुद्दामा फरार रहेकी प्रधानलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले यहि साउन १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढीमा पठाइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेकी प्रधानलाई १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ ।

तपाईको प्रतिक्रिया