Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

इलाम, १३ साउन २०८० । इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने मेची कोरिडोरको निर्माण कार्य सुस्त हुँदा सर्वसाधरणले दुःख पाएका छन् । निर्माण कार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेटसमेत निकास नहुँदा आयोजना कहिले पूरा हुने हो भन्ने अन्योल थपिएको छ ।

मेची राजमार्ग भएर इलाम सदरमुकामबाट झापाको व्यपारिक केन्द्र विर्तामोड पुुग्न ७० वटा भन्दा बढि गोलाई छिचोल्दै ८३ किलोमिटर पार गर्नु पर्छ । तराई झर्न द्रुतमार्ग मानिएको करिडोरको इलाम विर्तामोड खण्डको जम्मा दुरि ४८ किलो मिटर छ ।

इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिब १२ कलिोमिटर खण्ड कालेपत्रे भइसकेको छ । र वाँकी २० किलोमिटर क्षेत्रको ठेक्का लागेर काम भइरहे पनि ढिलो भएकाले छोटो समयमा सहज गरि झापा झर्ने स्थानीयको चाहना तत्काल पूरा हुने अवस्था नदेखिएको स्थानियको भनाई छ ।

२०२१ सालमा नै झापाको शनिश्चरे हुुँदै मोटर इलाम आएको यो सडक मेची राजमार्ग खुल्नु अघि पैदल झापा झर्ने एक मात्र विकल्प रहेको थियो । करिडोरको विभिन्न खण्डमा काम भइरहेको छ । कठिन भूूगोल रहेको मेची राजमार्गको भञ्ज्याङदेखि बेलासेसम्मको झण्डै १० किलोमिटर खण्डको काम ३५ प्रतिशत मात्र भएको डिभिजन सडक कार्यालयका इन्जिनियर राजेश यादवको भनाई छ ।

यता निर्माण व्यवसायीहरुले भने पर्याप्त बजेट नआउदा काममा ढिलाई भएको भन्दै पानीमाथिको ओभानो बन्न खोजि रहेका छन् । आफूहरुले दु्रत गतीमा काम गरे पनि बजेटको अभाव भएको उनीहरुको भनाई छ ।

नेपालकै होचो भू–भाग केचनाकवलदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा जोड्ने निर्माणाधिन सडकको दुरी १ सय ९० किलोमिटर छ । साविक मेचीका इलाम, झापा, पाँचथर र ताप्लेजङका बासिन्दालाई प्रत्यक्ष फाइदा पुुग्ने यो सडक निर्माण कार्य चाँडो पूरा भए आवागमनमा सहजतासँगै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि उल्लेख्य प्रगति हुने थियो ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया