Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १२ साउन २०८० । बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।

साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले पोखरेलविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन्।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

पोखरेललाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

 

तपाईको प्रतिक्रिया