Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

जेबि खड्का
गौरादह, २३ असार २०८० । ट्राफिक प्रहरी पोष्ट गौरादहले सवारी दुर्घटना न्युनिकरण गर्न सवारीसाधन चेकजाँच गर्दै ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको छ। ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत गौरादह ट्राफिक प्रहरीले आफ्नो कार्यक्षेत्र भित्र रहेका सवारीसाधन चालकहरुलाई दुर्घटनाको जोखिमबाट वचन र जनधनको क्षेतीबाट जोगिन प्रशिक्षण दिइएको गौरादह ट्राफिक प्रहरी ईन्चार्ज लक्ष्मीप्रसाद ओझाले जानकारी गराएका छन।

ट्राफिक सप्ताहको पाँचौ दिन शनिबार गौरादह वडा नं.१ को चैतु चौकमा सवारीसाधन चालकहरुको स्वास्थ्य कर्मीको सहयोगमा सामान्य स्वास्थ्य परिक्षण अन्तर्ग प्रेसर चेकजाँच गरिएको छ। सोही दिन सवारीसाधन चालकहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिई सवारीसाधनमा अनावश्यक रुपमा राखिएका झलर र प्रेसर हर्न हटाउनुका साथै ट्राफिक नियम लेखिएका स्टिकर टाँस गरिएको थियो। त्यस अवसरमा वर्कसोप मिस्त्रीको सहयोगमा सवारीसाधनको मेसिन चेकजाँच गरिएको थियो।

गौरादह ट्राफिक प्रहरीले ट्राफिक सप्ताह कार्यक्रम मनाउदै दुर्घटना न्युनिकर गरेर आम नागरिकको ज्युघनको रक्षा गर्न ट्राफिक प्रहरी नागरिकको पक्षमा समर्पित रहको गौरादह ट्राफिक प्रहरी ईन्चार्ज ओझाको भनाइ छ। ट्रफिक सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन गौरादह ट्राफिक प्रहरीले सवारीसाधनका चालकहरुलाई यात्रामा सडकको बायाँ किनार चापेर हिड्न अनुरोध गरेको छ।यात्राको क्रममा अटो, टेम्पो, भ्यान, मालबाहक गाडीहरुलाई सो बिषयमा जानकारी गराइएको थियो।

त्यस अवसरमा सवारीसाधन चालकहरुलाई रातको समयमा यात्रा गर्दा लाइटको प्रयोगका बारेमा प्रशिक्षण दिइएको प्रमुख ओझाले बताएका छन। दोस्रो दिन सवारीसाधन चालकहरुलाई तिब्रगतीमा सवारीसाधन नचलाउन, पैदल यात्रीहरुलाई सुरक्षीत तरिकाले सडकमा हिड्न र सडक पारगर्न, सडक पार गर्दा सकेसम्म जेब्राक्रसिङको प्रयोग गर्न, सवारीसाधन चालकहरुलाई सवारीसाधन अनुमति पत्र लिएर मात्र साधन चलाउने बिषयमा प्रशिक्षण दिएको थियो। तेस्रो दिन सडक पेटिमा सडक अतिक्रण गरि राखिएका फुटपात पसल तथा ब्यापारीक प्रयोजनका सामाग्री हटाउन अनुरोघ गरिएको थियो। बिद्यार्थीहरुलाई सडकमा हिड्दा सडक ढाकेर नभइ ट्राफिक नियमको पालना गरि सडक पेटिबाट हिड्न अनुरोध गरिएको थियो। चौथो दिन सार्वजनिक सवारीसाधनहरुमा राखिएको आरक्षण सिटको पालना गराउन, भाडाको बिषयमा अनुगमन र फायर स्ट्रिङबुलर भएनभएको चेकजाँच गरिएको गौरादह ट्राफिक प्रहरी ईन्चार्ज ओेझाले बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया