Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २१ असार २०८० । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह बढ्दो हुनसक्ने तथा सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, सल्यान, रुकुम पश्चिम, डोटी, डडेल्धुरा, र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, भोलि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । असार २३ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया