Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १८ असार २०८० । इजरायली सेनाले प्यालेस्टाइन नियन्त्रित पश्चिम किनारामा गरेको हवाई आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पश्चिमकिनाराको जेनिन शहरमा ईजरालयली सेनाले हेलिकप्टरबाट क्षेप्यास्त्र प्रहार गरेको हो । घटनामा कम्तिमा एक दर्जन घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको पन प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

हवाई हमलासँगै जमिनबाट पनि प्रहार भएको प्यालेस्टिनी रेडक्रसका निर्देशक महमुद अलसादीले बताएका छन् । सोमबार बिहानै इजरायली सेनाले थुप्रै घर र सार्वजनिक स्थललाई निशाना बनाएको पनि उनले बताएका छन् ।

इजरायली सेनाले हमला गरेको जेनिनको क्षेत्र शरणार्थीहरुको बसोबास भएको इलाका हो । शरणार्थी इलाकामा इस्लामिक जिहादी समूहहरु सक्रिय रहेको र उनीहरुले पटक पटक ईजरायली सेनामाथि आक्रमण गर्ने गरेको आरोप इजरायलले लगाउने गरेको छ ।

 

तपाईको प्रतिक्रिया