Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

एजेन्सी, १८ असार २०८० । भारतको मणिपुरमा पुनः जातीय हिंसा भड्केको छ । मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा भएको हिंसामा ४ जनाको मृत्यु भएको छ ।

मणिपुरमा मइते समुदाय र कुमी समुदायबीचको द्वन्द्ध केही समयको लागि मत्थर भएपनि पुनः भड्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त हिंसामा मारिएका ४ मध्ये तीन जना मइते समुदायका रहेको र एक जना कुकी समुदायको रहेको बताइएको छ ।

आइतबार राती १२ बजेको समयमा कुकी समुदायका हतियारधारी समुदायले मइते गाउँ खुजुमाका गाउँलेहरूले बनाएको बंकरमा आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो । सोही आक्रमणको प्रतिकार गर्दा कुकी समुदायको एक जनाको ज्यान गएको हो ।

गत मे ३ देखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बंकर बनाइ बसेका छन् । जातिय हिंसा नियन्त्रणका लागि हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । गत महिना भएको हिंसाले उग्र रुप लिंदा मुख्यमन्त्रीको निवासमा समेत आगजनी गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया