Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

एजेन्सी, ११ असार २०८० । दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ ।

राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर नष्ट गरेका छन् भने आधा दर्जन मोर्टार जफत गरेका छन् ।अहिलेसम्म १ हजार एक सय वटा साना ठूला हतियार र झण्डै ३८ हजार गोला बारुद तथा दुई सय ५० वटा बम बरामद भएको मणिपुर प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मैतेई समुदायलाई पनि आदिवासीमा सूचिकृत गर्ने मणिपुर उच्च अदालतको फैसलाको विरुद्ध आदिवासी मोर्चाले शुरु गरेको आन्दोलन हिंस्रक बन्दै जाँदा मणिपुरमा अशान्ती फैलिएको हो । यस क्रमममा १सय २० जनाको ज्यान गईसकेको छ भने तीन हजार बढी घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया