Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

एजेन्सी, १ असार २०८० । क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए ।

तर, घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको जनाइएको छ ।

कम्तिमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

तीब्र गतिमा रहेको सेमी ट्रेलर ट्रकले बसलाई ठक्कर दिएको थियो ।

 

तपाईको प्रतिक्रिया