Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १ असार २०८० । समुद्री चक्रवात बिपरजोएबाट भारतको गुजरातमा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा २२ जना घाइते भएका छन् ।

प्रतिघण्टा एक सय ५० किलोमिटरको गतिमा आएको आँधी गुजरातको तटमा ठोक्किएपछि आँधी बेहरीसहितको भारी वर्षा भएको हो ।

आँधी बेहरीमा परी दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको गुजरात सरकारले जनाएको छ । रुख र बिजुलीका पोल ढल्दा मानिसहरु घाइते भएको जनाइएको छ । तीब्र गतिको आँधीले बिजुलीका पोल ढाल्दा करीब ५० वटा गाउँमा बिजुली आपूर्ति बन्द भएको छ ।

गुजरातमा करिब ५० बर्ग किलोमिटरको क्षेत्र चक्रवातबाट बढी प्रभावित भएको र कच्छ तथा द्वारका क्षेत्रमा सवैभन्दा बढी क्षति भएको बताइएको छ । चक्रवातका कारण भारतका अधिकांश प्रान्तमा भारी वर्षा भएको छ ।

अरब सागरबाट उठेको चक्रवातको गति घट्न थालेकाले प्रभाव पनि विस्तारै कम हुदै जाने भारतीय मौसमविद्हरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया