Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १ असार २०८० । कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको हो ।

गस्तीमा रहेको सैनिक टोलीमाथि हमला भएपछि जवाफी कारबाहीमा उनीहरु मारिएको जनाइएको छ । लाइन अफ कन्ट्रोल नजिकै पर्ने जुमागण्ड क्षेत्रमा घटना भएको र सेना तथा प्रहरीले थप आतंककारीहरुको खोजी गरिरहेको पनि सेनाले जनाएको छ ।

तीन दिन अघि पनि सोही क्षेत्रको दोबानरमा दुई आतंकारीहरु मारिएका थिए । सुरक्षाकर्मीले एके फोर्टी सेभने राइफल र ठूलो मात्रामा गोली बरामद भएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया