Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २९ जेठ २०८० । अष्ट्रेलियाको न्यु साउथ वेल्समा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दूर्घटनामा २५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिस सञ्चार माध्यमका अनुसार न्यु साउथ वेल्स राज्यको हन्टर भ्यालीको वाइनकाउन्टीको विवाह समारोहमा गएर फर्किरहेको बस सडकमा पल्टेर दुर्घटना भएको हो ।

बसमा सवार केही भने सकुशल रहेका छन् । बस दुर्घटना हुने बित्तिकै हेलिकप्टर मार्फत उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

५८ बर्षिय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया