Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २४ जेठ २०८०। दक्षिणी युक्रेनस्थित रुसको नियन्त्रणमा रहेको एउटा विशाल निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित भएका छन् ।

निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोटबाट भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न भएका छन् ।

त्यहाँका बासिन्दालाई हतार हतारमा अन्यत्र सारिएको छ । युक्रेनी आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले एक हजार मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र करिब ४० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्न आवश्यक रहेको बताउनु भएको छ ।

रुसी आक्रमणका कारण सो बाँध फुटेको आरोप युक्रेनले लगाइरहँदा रुसले भने आरोप अस्वीकार गर्दै युक्रेनी सेनाको बमबारीबाट बाँध क्षतिग्रस्त भएको दाबी गरेको छ । बाँध भत्कने बित्तिकै युक्रेनमा आपतकालीन बैठक बसेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै यसबाट हुने क्षति न्युनिकरणका लागि राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउनुभएको थियो ।

यही बाँधको पानी युक्रेनको जापोरोजियामा रहेको आणविक उर्जा केन्द्रलाई चिस्यान गर्न प्रयोग हुँदै आएको थियो । रुसको नियन्त्रणमा रहेको क्राइमियाका जनताको पिउने पानी तथा सिंचाईको मुख्य आधार पनि यही बाँध रहेको थियो ।

तपाईको प्रतिक्रिया