Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, १६ जेठ २०८० । चीनको सांघाईमा यसपालि पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको हो ।

यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो । सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो । सांघाईमा कहिलेदेखि तापक्रम मापन गर्न थालिएको हो भन्ने खुलाइएको छैन् ।

यसपालिका दक्षिण पूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, भियतनामसँगै चीनका केही दक्षिणी प्रान्तहरूमा हिटवेभ चलिरहेको छ । सांघाईको मौसम ब्युरोका अनुसार गर्मी आगामी दिनमा अझै बढ्ने सम्भावना छ ।

समुद्री तटमा रहेको सांघाईमा जुन,जुलाई र अगस्टसम्म गर्मी हुन्छ । केही दिनअघि चीनको दक्षिणी पश्चिमी प्रान्त सिचुवानका केही ठाउँमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया