Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, १४ जेठ २०८० । रुसले आगामी महिना आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

जर्मन विदेश मन्त्रालयका अनुसार रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको हो ।

गत महिना रुस र जर्मनीले आ–आफनो दुताबासका ४० जना कर्मचारी निस्कासन गरेका थिए । रुस र युक्रेनबीचको युद्ध सुरु भएयता युरोपेली संघमा आवद्ध राष्ट्रहरुले रुसी कुटनितिज्ञलाई देश निकाला गरेपछी रुसले पनि आफना देशमा कार्यरत विदेशी कर्मचारीलाई निस्कासन गर्ने कदम चालेको हो ।

केही दिन अघि जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई हतियार पठाउने निर्णय गरेपछी जर्मनीको विदेश नितीमा प्रभाव परेको थियो ।

 

तपाईको प्रतिक्रिया