Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

एजेन्सी, १२ जेठ २०८० । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ । सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको पनि त्यहाँको संघीय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो ।

लगाततार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ । जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले देशको अर्थतन्त्रमा आश्चर्यजनक नकारात्मक संकेतहरु देखिएको बताउनु भएको छ ।

अन्य विकसित देशको अर्थतन्त्रको तुलनामा जर्मन अर्थतन्त्रमा नकारात्मक संकेत देखिएको उहाँको भनाइ छ । जर्मनीका पाँच जना वरिष्ठ अर्थविद्हरुले अर्थतन्त्र २ दशमलव २ प्रतिशतसम्मले खुम्चिने प्रक्षेपण गरिसकेका छन् । पछिल्लो त्रैमासमा जर्मन सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चिएको छ भने आम उपभोक्तको खर्च पनि घटेको छ ।

अमेरिकापछि जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनमा जर्मनीका कारको निर्यात पनि २४ प्रतिशतले घटेको छ । आर्थिक मन्दी सुरु भएको घोषणाँंगै बिहीबार त्यहाँको शेयर बजारमा भारी गिरावट आएको छ । जर्मनीको मन्दीले सिंगो युरोप र अमेरिकासम्म असर गर्नसक्ने विश्लेषण गरिएको छ ।

आर्थिक मन्दी सुुरु भए पनि जर्मनीमा अहिले पनि महंगी दर ७ प्रतिशत माथि नै छ । सर्वसाधारणको आम्दानी नबढ्ने तर, महंगी दर उच्च रहने समस्याको समाधान खोज्नु चुनौतिपूर्ण रहेको अर्थविद्हरुको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया