Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, ११ जेठ २०८० । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।

अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो । ३ महिनाको अवधिमा सो क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो ।

स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ ।

 

तपाईको प्रतिक्रिया